To be honest, I like watching movies at home on my TV letting the movie take me within if it can. I am not someone who like going to theaters for various reasons. One of them is not being able to be in the movie due to distractions like talkative people around, clapping, shouting, whistling and popcorn. Though this wasn’t much of same case. जे होस् film चै‌ हेरियो । From the very beginning (promotion period), I had did not had any high expectation from Visa Girl. And I do agree, many had such high expectation.

मलाई यो िफिल्म हेर्दा कस्तो लाग्यो लेख्नु अघि, I believe I do have to mention that I am not from a film making background or a film making student. Written below are what and how I felt watching the movie. It should be taken as an audience, as an individual, as a Nepali point of view.

Visa Girl फिल्म हेर्दा कस्तो लाग्यो भन्ने कुरालाई सरल रुपमा लेख्नु पर्दा, के राम्रो लाग्यो र के राम्रो लागेन त मलाई ।

राम्रो लागेका कुराहरु:

  • Picture Quality: राम्रो cameraले खिचिएको भएर होला, Visa Girl को picture quality राम्रो छ, जुन म कुनै पनि हाल release हुने फिल्ममा हुनुपर्छ भन्ने मान्यता राख्छु । तर Picture Quality भन्नाले cinematography चै‌ होइन फेरि ।
  • कलाकारहरु: Visa Girlका कलाकारहरु पनि राम्रा छन् । केहि वर्ष अघि सम्मका जल शाह र जुन पात्र निर्वाह गर्दा पनि उहि देखिने राजेश हमाल भन्दा, Modelling पेशाबाट acting पेशामा लागेका कलाकारहरु हेर्दा चै‌ राम्रा छन् ।
  • केहि गीतहरु: यस फिल्मका केहि गीतका लय र शब्दहरु राम्रा छन् ।

 

नराम्रो लागेका कुराहरु:

  • निर्देशन: फिल्म बनाउनु एउटा team work हो र त्यस टिमलाई निर्देशकले निर्देशन गरेको हुन्छ । यसको त्यो पक्ष नै सबै भन्दा कम्जोर छ ।
  • अभिनय: यस फिल्मका सबै जसो पात्रहरुको अभिनय कम्जोर छ । जुन कलाकारहरु र निर्देशकको कम्जोरी हो । Vinay Shrestha, Raymon Das Shrestha, Reema Bishwokarma, Saloni Rajbhandari का अभिनय अत्यन्त कम्जोर छ । Reechaको चै‌ ठिकै छ । Karmaलाई LOOT फिल्मको सुरुको posterमा सबै भन्दा ठूलो ठाँउ दिइएपनि किन LOOTका दर्शकहरुले हाकु र गोप्लेलाई मात्र देखे यो फिल्म हेरेपछि राम्रो सँग बुझिन्छ ।
  • Cinematography: RED Epic वा Scarletले खिचिएको यस फिल्मको cinematography पनि एकदमै कम्जोर छ ।
  • Choreography: यस फिल्ममा त्यति नाचहरु नभएपनि, भएकाहरु कम्जोर छन् ।
  • Background Score: Astha Tamang Maskey र Rohit Shakyaको background music पनि फिल्मसँग तालमेल नखाएको देखिन्छ / सुनिन्छ । उनीहरुलाई film score बारे त्यति जानकारी नभएको आभाष हुन्छ ।
  • कथा: यस फिल्ममा लगभग कथा नै छैन । सुरु देखि intermission सम्म आइपुग्दा, Americaको Green Card भएको केटिलाई तीनजना केटाहरुले आफ्नो जालमा पार्न खोज्छन् । Intermission देखि अन्त्यसम्म आइपुग्दा, त्यो केटिको Boyfriend हुन्छ । केटाहरु आफुलाई मन पराउने केटिहरु तिर फर्किन्छन् । The End.

अन्त्यमा, यस फिल्मलाई कुनै negative publicity वा केहि दर्शकहरुले आफ्ना साथीहरुलाई नहेर भनेर हलमा मान्छे नगएको भन्नु, नाच्न जान्दैन आगन टेडो जस्तो कुरा हो । व्यक्तिगतरुपमा यसलाई मैले rank गर्नु पर्दा म यस Visa Girl फिल्मलाई 1 out of 10 दिन्छु ।

  • जय नेपाल ।

 

2 COMMENTS

LEAVE A REPLY