दोस्रो दिनमा उत्रिने नेपाली फिल्महरुलाई राम्रो पाठ पढाउदै लुट ले आफ्नो लुट्ने क्रम दोस्रो हप्ता पनि जारी राखेको छ ।

आफ्नो नाम झैँ दर्शकको पैसा भन्दा पनि मन लुटेको देखेर संकटकाल गर्न थालेका नेपाली सिनेकर्मीहरु अहिले अच्चम्मित छन् । बिदेशी चलचित्रहरुको कपि गर्दै बनाउने अनि दर्शकहरु नै नेपाली मनका छैनन् भन्ने यीनैहरुलाई राम्रो सबक बनेको छ लुट । कति समिक्षयकहरु, हावा भरमा चलचित्र बनाएर हिंड्नेहरुको दिन जान सुरु भएको देख्छन र यसले नेपाली चलचित्रलाई नै राम्रो हुने ठान्छन । यसैगरि, नेपाली चलचित्रमा लागेका नया पुस्ताहरु झन् स्तरीय चलचित्र बनाए दर्शकहरु ले मन पराउछन् भन्ने साबित भएको समय र हावा भरमा चलचित्र बनाउनेहरु संकटकाल गर्न थालेको समय जुध्न गएको देखेर कोहि खुशीले गद गद भएर उफ्रिएको र कोहि मुसु मुसु हासिरहेको देख्छु म ।

त्यहि हो, हावा भरमा लाग्नु भन्दा जानेर बुझेर लागे कुनै पनि क्षेत्रमा राम्रो हुन्छ . हैन र ?

LEAVE A REPLY