नँया iPhoneको पर्खाइमा बसेका Appleका फ्यानहरुलाई आज अर्को उत्सव भएको छ । विभिन्न संचारमाध्यमहरुले अड्कल गरे अनुरुप आज Appleले कुपर्टिनो स्थित आफ्नो हेडक्वाटरमा २ नयाँ iPhone र घडी आफ्नो प्रयोगकर्ताहरु माझ पस्केको छ ।

केहि महिना अघिदेखिनै आउने अनुमान हुनथालेका यी दुई नयाँ iPhoneहरुलाई iPhone 6 रु iPhone 6+ नाम दिइएको । यी दुई मोडलहरुमा अन्य कुराहरु लगभग सामान्य नै छन् मात्र iPhone 6+ भने अलि ठूलो छ । Appleले त्यस ठूलो स्क्रिनको अन्य प्रयोगहरु सफ्टवेरको माध्यमबाट अझै हुन भने उल्लेख गरेको छ । iOS 8 भएका यी फोनहरुमा विभिन्न फिचरहरु भएतापनि नेपालमा भने धेरै जस्ता विभिन्न कारणले गर्दा प्रयोगमा नआउने वा नचल्ने देखिन्छ ।

जस्तै यी मोडलहरुको एक विशेष फिचर Apple Pay हाल अमेरीकामा मात्र चल्ने छ । जुन पछि विभन्न देशहरुमा विस्तार गरिएता पनि नेपालमा भने यो दशकमा पनि आइपुग्ने देखिदैन । यी बाहेक अरु विभिन्न फिचरहरु पनि फोनमा राम्रो इन्टरनेट बिना नचल्ने हुनाले, नेपालको लागि यी मोडलहरु पनि पहिलेमा smartphoneहरु झैं नाम मात्रको Smart हुनेछन् ।

यी बाहेक Appleले नयाँ घडी पनि आज सार्वजनिक गरेको छ । ३४९ अमेरिकी डलर मोल राखिएको Apple Watch, यस कम्पनीको ठूलो प्रतिद्वंदीको रुपमा चिनिने Samsungको Galaxy Gear सँग धेरै मिल्छ । Appleका प्रयोगकर्ताहरुले ठूलो आश गरेको यस घडीको डिजाइनले गर्दा नै सुरुवात मै धेरैले यसलाई मन नपराएको विभिन्न संचारमाध्यमहरुमा टिप्पनी आउन थालिसकेको छ ।

अन्त्यमा, नेपाली प्रयोगकर्ताको हिसाबले भन्नुपर्दा प्रयोगात्मक हिसाबले यी नयाँ iPhone किन्नुको कुनै अौचित्य देखिदैन । तैपनि देखाउने हिसाबैले भएपनि नेपालमा छिट्टै यी दुई iPhone र घडीको खरिदकर्ताहरु निस्किने पक्का छ ।

यी दुई फोन र घडीबारे अन्य जानकारी :

 

iPhone 6 Specs:

Dimensions: 138.1 x 76.0 x 6.9mm
Processor: A8 64 bit (2billion transistors) 50x faster than original iPhone
Display: 4.7″
Resolution: 1334 x 750
Pixels Per Inch : 326
Camera: isight Camera – 8MP, True Tone Flash, Phase Detection autofocus, Panorama Photographs, image stabilisation
Video Camera: 1080p (30fps and 60fps) and Slow Motion 240fps
Battery Life: 50Hrs of Audio and 11 hrs of Video
Connectivity: 150 Mbps (Network). NFC (Near Field Communication) for “Apple Pay”.
Wi-Fi: 802.11 AC (3x faster than 5s), and Wi-Fi Calling
OS: IOS 8
Storage: 16gb, 64gb and 128gb versions available.
Weight: 129g
Sensors: Barometer, three-axis gyro, Accelerometer, Proximity sensor, ambient light sensor.
iPhone 6 Plus Specs:

Dimensions: 158.1 x 77.8 x 7.1mm
Processor: A8 64 bit (2billion transistors) 50x faster than original iPhone
Display: 5.5″
Resolution: 1920 x 1080
Pixels Per Inch : 401
Camera: isight Camera – 8MP True Tone Flash, Phase Detection autofocus, Optical Image Stabilisation
Video Camera: 1080p (30fps and 60fps) and Slow Motion 240fps
Battery Life: 80 Hours Audio, 14 Hours Video
Connectivity : 150Mbps (Network). NFC (Near Field Communication) for “Apple Pay”.
Wi-Fi: 802.11 AC (3x faster than 5s), and Wi-Fi Calling
OS: IOS 8
Storage: 16gb, 64gb and 128gb versions available.
Weight: 172 g
Sensors: Barometer, three-axis gyro, Accelerometer, Proximity sensor, ambient light sensor.

1 COMMENT

LEAVE A REPLY