I wrote this in another blog exactly 5 years back. I am re-posting it here again on the occasion of his Birthday.

स्वर सम्राट नारायण गोपाल गीत संगीतमा मात्र नभई माया प्रितिका कुरामा पनि अगाडी थिए । स्वभाविक रुपमा एउटा लोकप्रिय गायकलाई प्रेम प्रस्ताव र प्रसंसा पत्रहरुको खाँचो हुँदैन ।
यसै क्रममा पाल्पाली रुपा प्रधानले नारायण गोपाललाई लेखेको पत्रमा उल्लेख थियो …तँपाईको गीतले पाईला रोकिदिन्छ, मन झस्काईदिन्छ, धड्कन बर्ढाईदिन्छ …अब भन्नुहोस् तँपाईलाई के गरुँ – यसको जवाफ नारायण गोपालले ठट्यौली पारामा दिए …नारायण गोपाललाई या त कालापानीमा पठाउनर्ुपर्छ या त आजीवन कारावासको सजाय सुनाईनर्ुपर्छ । यस्तै पत्रकै क्रममा दार्जीलिङ्गको पेमला लामाको पत्र पनि निरन्तर प्राप्त भईरहन्थ्यो जो पछि नारायण गोपालको जीवन संगीनी बनिन् ।
भनिन्छ नारायण गोपालको र पेमलाको पहिलो डेटिङ्ग दार्जीलिङ्गको सुकिया पोखरीमा भएको थियो । त्यतिबेला पेमलाले त्यो वातावरणमा रमाएर एउटा गीत गाउन नारायण गोपाललाई अनुरोध गरेकी थिईन् र नारायण गोपालले आफ्नो मिल्ने साथी नगेन्द्र थापालाई गीत अनुरोध गरे जुन गीत थियो … यो मौसम यो हरियाली रंगीविरंगी फूलहरु छन् ।

LEAVE A REPLY