http://www.youtube.com/watch?v=CZld82YKAIs

मलेसियामा नेपालीहरुलाई हतियारधारी समुहले आक्रमण गरेको कुरा Youtubeमा देख्दा नेपालमा खैलाबैला मच्चिएको छ । मलेसियाको यस घटना भएकै ठाउँमा बसोबास गरेका नेपालीहरुको भनाई अनुसार, त्यस घटनामा छ जना नेपालीहरु मारिए भने दर्जनौ घाइते भएका थिए ।

तर उता Avenues Televisionको फोन वार्तामा मलेसियाका लागि नेपाली राजदुतले भने मारिएको र दर्जनौ घाइतेको कुरा नकार्दै दुई मात्र घाइते भएको बताए ।

कस्को कुरा पत्याउने त ? मलेसियामै भएका आम नेपालीहरु र Youtube भिडियोको कि यी राजदुतको ? दुख परेका नेपालीहरुलाई सघाउन पठाइएको राजदुतको कुरा यस्तो छ भने किन चाहियो यस्तो राजदुत र राजदुताबास विदेशमा । बेकारको पैसा मात्र खर्च । अनि हाम्रो सरकारको त के कुरा गर्ने !

जय नेपाल

1 COMMENT

LEAVE A REPLY