हेर्दा गज्जब लाग्ने नेपाली फिल्म “उमा”को trailerले मलाई धेरै तिता कुराहरु याद दिलाउँछ । त्यहि मावबादीको १० वर्षे आतङ्क याद दिलाउँछ । मेरो घर छेउको सरकारी bankमा मावोबादीहरुले राखेको बमले मरेको आम जनताहरु याद आउँछ । बन्दुक तेर्स्याएर Rallyमा लाइएका गाउँलेहरुले हाम्रो घरमा पानी मागेको याद आउँछ । अनि यस्तै यस्तै…

त्यस्ता कुराहरु किन फेरि दोहोरिएको होला । Film मै भएपनि नदोहोरिएकै भए हुन्थ्यो जस्तो लाग्छ । सिनेकर्मीहरु काठमाडौमा आनन्दसँग बसेर गाउँघरहरुमा यस्तो भएको थियो होला भनेर हचुवाको अनुमानको भरमा फिल्महरु बनाउँछन् । खै, फिल्म फरक पनि हुनसक्छ । तर trailer हेर्दा त सत्य घटनालाई ठ्याक्कै उल्टो पारेर देखाइएकोमा नमज्जा लाग्यो ।

माथिको फिल्मको trailer त हेर्नुभयो होला । अब सत्य घटनाको समाचार पनि हेर्नुहोस्, अनि तँपाईको बिचार पोख्नुहोस् ।

http://www.youtube.com/watch?v=zRq1TvADBW4

 

LEAVE A REPLY