विश्वको लागि यो नयाँ कुरा नभएतापनि, नेपालको लागि भने यो नौलो कुरा हो । खेतीमा रसायनको प्रयोगको खतरा बारे नेपाली किसानहरु जानकार हुदै गएको हालका दिनहरुमा, रसायनिक मलहरुको प्रयोग बिना कसरी खेती गर्ने र त्यससँग सम्वन्धित विभिन्न कुराहरु थाहा नभएका कारण, किसानहरु अझैपनि रसायनकै प्रयोग गर्न वाध्य छन् । वास्तवमा भन्ने हो भने रसायन बिनाको मललाई पैसा नै पर्दैन किनकी त्यसको उत्पादक हामी आफै हौ‌ ।

रसायन प्रयोग खेतीबाट उब्जियका खानेकुराहरुले लामो अन्तरालमा विभन्न खालका डर लाग्दो रोगहरु ल्याउने पुष्टिभए यता, स‌सारभर नै रसायन बिनाको खेती फस्दाउँदै छ । जसमा प्रयोग हुने मलहरु मध्य एक हो मानिसको पिसाब ।

पिसाबमा अरु मलहरुमा जस्तै नाइट्रोजन, पोटासियम र फोस्फोरस हुन्छ । साथसाथै, रसायन नभएको कारण पिसाबले खेती रसायन भएका मलहरुको तुलनामा अझै राम्रो हुन्छ । स‌सारभिर पिसाबको प्रयोग गरि खेती गरिरहेका किसानहरुका अनुसार, पिसाबको प्रयोगले खेती २७% सम्म बढ्छ । अर्कातिर यसको प्रयोगले खेतीमा किरा लाग्ने समस्या पनि हट्छ । उत्पादन गरिएको खेतीमा कुनै गन्ध नहुने, रसायन नभएको कारण स्वास्थलाई पनि राम्रो र मल पनि किन्न नपर्ने भएकोले यसलाई स‌सारभर अपनाउने किसानहरुले जमात अत्याधिकहरुमा बढ्दो छ । खुशीको कुरा, नेपालका केहि गाँउहरुमा पनि सुरु भइसकेको छ ।

तँपाई पनि वा तँपाईले चिनेको कोहि पनि खेती गर्नुहुन्छ भने यसबारे बुझ्न एकचोटि अवश्य भन्नुहोस् । यसले मल किन्ने पैसा पनि बच्छ र रसायन बिना नै उत्पादन पनि बढ्छ ।

जय नेपाल ।

यसैबारे अन्य सामग्रीहरु :

Farmers in Nepal find resourceful way to fertilize crops

Getting Paid to Pee Indoors

Fertilizing Your Organic Garden … With Urine?

3 COMMENTS

LEAVE A REPLY