सवारीसाधनहरु अब पानीबाट चल्ने भन्दा कता कता बिदेशतिर अनुशन्धान भइरहेको जस्तो लाग्छ । अर्कातिर सोचिन्छ, “नेपाल त पानीको दोस्रो धनी देश, अब त मालामाल हुने भइयो” । तर कुरो अलि फरक छ । हालै आएर काठमाडुका पेट्रोल उपभोगताहरुले पत्तालगाएको कुरा हो यो । पानीबाटै त चलिरारैछ त Bike तथा गाडीहरु ।

कुरा काठमाडुको कालीमाटी स्थित “सिता केयर प्रा लि” पेट्रोल पम्पको हो । पेट्रोलमा पानी मिसाएर बेच्दै रहेछन्, त्यहाँ पेट्रोल हालेकाहरु अलि पर पुगेर आफ्नो बाइक बन्द भएपनि पो थाहा पाएछन्, पानी पो रहेछ त बाइकमा भनेर । चोर नेताहरुको फ्याँईले लाचार भइरहेको देशको अवश्थामा, अब ठगहरुले खुलेआम लुट्न थालेको यो एउटा उधाहरण मात्र हो ।

सरकारले त के नै गर्ला र स‌चारमाध्यमहरुले अरु पेट्रोल पम्पहरुको पेट्रोल तथा डिजलकोबारे छानबिन गरोस् , यहि आशा छ ।

अन्त्यमा, पेट्रोलमा पानी छ कि छैन भनेर थाहा पाउन सामान्य तरिकाहरु हुन्छन् । जसमध्य “Reformulated Water and Water/Alcohol Indicating Paste”को प्रयोग स‌सारभर सजिलो उपायको रुपमा प्रयोग हुन्छ ।

Sar-Gel यस्तै एउटा पेस्ट हो ।

LEAVE A REPLY