हालै बंगलादेशमा भएको विश्वकपमा दमदार प्रदर्शन गरेकाे नेपाली क्रिकेट खेलाडीहरुलाई मेरा साथीहरुले भेट्दा Salute (सलुट) ठोके भन्दै थिए । म नेपालमा भएको भएपनि त्यहि गर्थे । नेपाली खेलाडीहरुको त्यो प्रदर्शनले साच्चै नै संसारभर छरिएका क्रिकेट प्रेमीहरुले नेपाल भनेर चिन्छन् आजकाल । यहाँ अमेरिकामा नेपालबारे नसुनेका बंगलादेशीहरुले आजकल, From Nepal? Very nice people… भन्छन् । उता नेपलामै भने कथा अर्कै छ ।

सुन्दा अचम्म लाग्छ, रिस पनि उठ्छ । आज नेपाल मै भएको भए, सडकमा उर्लिन्थ्याैं जस्तो लाग्छ । आज फेरि नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गरेको खेल सम्झन्छु र सम्झन्छु आज कप्तान पारष खड्काले गरेको खुलासा । महिनाै देखि तलब नपाएको स्थितिमा पनि हाम्रा खेलाडीहरुले त्यति राम्रो प्रदर्शन गरेका थिए । देशको लागि यति गर्नेहरुलाई देशले दियो के ?

नेपाली क्रिकेट खेलाडीहरुलाई माया गर्ने हामीले यी नायकहरुको लागि केहि गर्नुपर्ने होईन र ?

आज प्रेषमार्फत नेपाली क्रिकेट खेलाडीहरुले यस्तो खुलासा गरेका छन् । तँपाई यो बारे के भन्नुहुन्छ भन्दापनि तँपाई यो बारे के गर्नुहुन्छ ?

  • हाम्रा खेलाडीहरुले बिगत ८ महिना देखि तलब पाएका छैनन् । नत बिदेशमा गएर खेल्दा पाउनुपर्ने भत्ता नै पाएका छन् ।
  • नेपाल क्रिकेट सँघ “CAN”का पदाकारीहरुले मुखले चै ठिक्क पार्ने तर कार्य भने केहि नगर्ने गरेका छन् ।
  • हालै International Cricket Council ICC ले छनाेटमा परेबापत सँघलाई दिएको 250,000.00 अमेरिकी डलरको पनि भ्रष्ट पदाकारीहरु सँग जवाफ छैन ।
  • त्यस्तै High Performance Committee of ICC ले दिएको 50,000.00 अमेरिकी डलरको पनि भ्रष्ट पदाकारीहरु सँग जवाफ छैन ।
  • ICC World T20 अघि दुबईमा खेले वापत पाउनुपर्ने भत्ता पनि खेलाडीहरुले अझै पाएका छैन ।
  • निउजिल्याडमा भएको ICC विश्वकप 2015को छनोट खेलको पनि खेलाडीहरुले अझै पाएका छैन ।

यस्ता भष्टा सँघका अधिकारीहरु पुर्णरुपमा बदल्नुपर्ने र यिनीहरुको ठाँउमा क्रिकेटलाई माथी लैजान साथ दिने अधिकारीहरु चयन गर्नुपर्ने नेपाली खेलाडीहरुको माग छ जुन सहि पनि हो । यसमा हाम्रा खेलाडीहरुलाई तँपाईको साथ चाहिएको छ । थुप्रै निरंकुस साशन ढाल्न सक्ने नेपाली जनताको लागि यो त सामान्य कुरा हो । फरक यत्ति हो कि तँपाई साथ दिनु हुन्छ या हुन्न् ।

अन्तमा ति भ्रष्टहरुलाई चिन्न यहाँ CLICK गर्नुहोस्

जय नेपाल

9 COMMENTS

  1. RT @echitwan: नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले गरे दुखद खुलासा । के तँपाई उनीहरुलाई साथ दिनुहुन्छ ?: http://t.co/agEYD82Cif

LEAVE A REPLY