चार वर्ष चोर नेताहरुले स‌विधान बनाउने नाममा जनताको पैसा पचाएको त सबैलाई अवगत नै छ । थप करोडौको खर्चमा दोस्रो चुनाव भएको छ । जुन शान्तिपुर्ण भएको सबैको ठहर भएपनि हार्नेहरु भने यसलाई धाँदली भएको भन्नथालेका छन् । जुन हाँस्यात्मक छ ।

भारतको लगानीमा लाखौ‌को ज्यान लिने, देश भर दादागिरी गर्ने, भारतको खुफिया यजेन्सिहरुसँग मिलेर देश बर्वाद गर्ने अनि भन्ने धाँदली भयो ? जे होस् कुनै अचम्म लाग्दो कुरा चै होईन । प्रचन्डको त बोली पर्यो । सँधै जँगली भाषै त बोल्छ ।

जे होस् जुनै पार्टीले जितेपनि, अझै भारतको चाप्लुसी गर्दै हिडेको चै‌ अब देख्न नपरोस् । किनकी यी नेताहरुलाई भारतले होइन हामी जनताले जिताएका हौ‌ ।

होस् गर् नेताहरु हो कुर्चीको लागि लड्ने काम चै नगर । यो स‌विधान सभाको दोस्रो चुनाव हात्ती आयो हात्ती आयो फुस्सा नहोस् । नत्र तिमीहरुलाई पनि यो पाली ए मावबादीलै झै‌ अर्कोपालो लोप्पा खुवाउँछौ‌ ।व

जय नेपाल

LEAVE A REPLY