विदेशीनुले सबै कुरा केहि अब रफतारमा चलेको जस्तो लागेपनि, नेपाली फिल्म हेर्न चैँ वर्षै जस्तो कुर्नुपर्छ ।अब विदेशमा नेपाली फिल्म चलाउन सजिलो पनि त छैन । यस्तै रह्यो मेरो LOOT हेर्दाको अनुभव । एक जना साथीले LOOTको DVD उपहार स्वरुप दिएपछि हिजो बल्ल LOOT हेरियो । यो फिल्मको केहि sceneहरु त youtubeबाट पनि अलिकति त हेरेको थिए, तर के गर्नु, गुणस्तरिय कुराहरु मन पराउने मान्छे परे, त्यो youtube मा हेर्दा खुब गाली गरियो…

हिजो Friday, weekendमा त बिदा आहा भनेर आज त एउटा गीतको cover बनाउनुपर्यो भनेर नेपाली गीतहरु सोच्दै थिए । बनाउदै गर्दा टेबलमा LOOTको DVD देखे र गीत बनाउनलाई आधामै छाडेर LOOT हेर्न सुरु गरे । सुरु हुँदासम्म यो फिल्मले यति कमायो रे, यति दिन मनायो रे, यस्तो HIT भयो रे जस्त कुराहरु भन्दा पनि Plante3 Filmsले यहाँ screening गर्दा हेर्न जानै बिर्सैकोमा दुखेसो थियो । अनि सुरु भयो LOOT…

सुरुको “पैसा पैसा” को Green Screenमा खिचेको झुर लाग्यो । त्यसपछि चै‌ Scooty आयो जुन मजा लाग्यो ।

… र लास्टमा “कानुन छन् कार्यान्वयन हुदैनन्” लेखेको पत्रिका र अर्को पत्रिका पढ्दै गरेका निस्चल बस्नेत screenमा देखिदैँ फिल्म सकियो । जे होस् पहिलो चोटि नेपाली फिल्म हेरेर माजा आयो हिजो ।

फिल्म सबैकुरा मिलेको नभएता पनि धेरै कुराहरु भने गज्जबै थियो । लाग्छ यस्तै कुराहरुले गर्दा यो LOOT यति सफल भएको :

फिल्म सुरु हुँदा लुट्राहरुको कथा जस्तो लागेपनि, अन्तिममा गएर थाहा हुन्छ कि कथा त एउटा महाको फटाहाले गधाहरुलाई कुखुरा/मुर्गा बनाएको भनेर । मलाई चै‌ यो साह्रै रमाईलो पक्ष लाग्यो ।

होला, धेरै भन्दा धेरै दर्शकहरुले यसका पात्रहरुले गर्दा यसलाई मन पराएका जुन काम नभएका बेरोजगारहरु के गरेर बस्छन् समय बिताउछन् त भनेर राम्रोसँग देखाउन सफल छ यो चलचित्र, अर्कातिर भने यो चलचित्र यो अघि बनेका नेपाली चलचित्रहरु जस्तो हचुवाको भरमा बनाइएको छैन, त्यो पनि अर्को कारण हुनसक्छ । भनिन्छ नि राम्रा गीतहरु सँगीत नपढेकाले पनि मनपराउँछन् । त्यस्तै हो कुनै पनि कलाको क्षेत्र । जस्तै :

  • हाकुलाई पहिलो चोटी देखाउँदा कस्रत गर्न् dumbbell हुन्छ । कस्रत गर्छ हाकु, अरु फिल्मको हिरोहरु जस्तो त्यसै दशजना गुन्डाहरुलाई अचानक गोद्ने हिरो होइन हाकु ।
  • देवेनले ठमेलमा … बेच्नेहरुले जस्तै गरि बेच्छ । (नेपालका अदालतहरुमा पनि वकिलहरुले त्यहाका कर्मचारीहरुलाई यसरी नै पैसा दिन्छन् ।
  • चुरोट् हाकु सबैलाई चुरोट नै दि‌दै, सल्काउँदै आफुसँग मिलेर काम गर्न offer दिन्छ ।
  • नरेशजस्ता वेरोजगार युवाहरु टन्नै छन् नेपालमा । त्यसरी नै ताँस खेल्छन्, त्यसरी नै पैसा सापटी माग्छन् खेल्दा पैसा भएन भने । (नेपालका सरकारी कार्यलयहरुमा पनि यस्तै हुन्छ । )
  • हाकुले र अरु केहिले जस्तो पेस्तोल लिएर हिड्ने पनि नेपालमा केहि वर्ष यता दखि फेसननै भएको छ र सजिलैसँग किन्न पाइन्छ ।
  • पाण्डे र गोप्लेहरुको पात्र पनि वास्तविक छ, नेपालका सानातिना होटेल, भट्टीहरुको अगाडी थुप्रिएकै त हुन्छन् क्यारेमबोड र लुडो खेल्नेहरु ।
  • र फेरि हाकुको जस्तो भट्टीको माहोल पनि त त्यस्तै हुन्छ नि ।
  • अनि हिलोको फाइट र मासु काट्ने ठाँउको फाइट पनि त्यो जुन नेपाली फिल्ममा पनि चोभारको डाँडामा भन्दा त धेरै राम्रो छ । ( अरुलाई हाकुले सल्काएतापनि, यहाँ चाहिँ हाकुलाई चुरोट सल्काइदिन्छ । )
  • मासु काट्ने ठाँउको फाइट पनि त त्यहाँ त्यसै छैन । सानातिना होटेलका साहुहरु झै‌ बिहान मासु किन्न गएको हुन्छ हाकु ।
  • गफैगफमा चुरोट पनि उल्टो सल्काइन्छ नि होइन ।
  • जब सबैजना एकै ठाँउमा भेला हुन्दा, हाकु छतको छेउमा ढुक्कसँग उभिएको हुन्छ । जुनले उ कति विश्वस्त छ र उ सबैभन्दा माथी छ वा हुन चाहन्छ भन्ने देखाउँछ ।
  • डान्सबारको रमाइलो र झगडा पनि त्यस्तै छ, साधारण काठमाडुका बारहरुमा हुने ।
  • र अन्त्यको पत्रिकाको headlineहरुले नेपालको हालको स्थिति देखाउँछ ।
र जाँदा जाँदा हाकुले ती चारजना बाहेक अर्को एक जनालाई पनि फसाउँछ नि । थाहा पाउनुभयो तँपाईले ? त्यो चाँहि पक्राउमा परेको योजनाकार ।
हा हा हा… माजा आयो लुट हेर्दा ।
जय नेपाल ।

LEAVE A REPLY