यता गाईजात्रा सप्ताह मनाउने घोषण गर्दै थिए हास्यकलाकारहरु, उता नेताहरु भन्दै थिए… हालै गएका खेलाडीहरुले केहि ल्याउला जस्तो छैन । तर नेपालले Olympic Medal ल्याउन नसक्ने होईन । नेता ज्यूहरु भन्छन् । टन्नै ल्याईन्छ, तर केहि खेलहरु परिवर्त गर्नुपर्छ, केहि नयाँ खेलहरु थप्नुपर्छ त केहि देशमै पनि परिवर्तन ल्याउनुपर्छ ।

जस्तै …

गाडी सबैभन्दा छिटो कुदाउने होइन कि, मन्त्रीपद फुस्केपछि सबैभन्दा छिटो गाडी पचाउने को हुनुपर्छ ।

छ जनाको भलिबल वा ११ जनाको फुटबल जस्तै ६०१ जनाको टिम हुने पनि कुनै खेल हुनुपर्छ ।

साइकल रेसको लागि खेलाडीहरु तयार पार्न, पेट्रोर तथा डिजल आदिको आयात पुर्णरुपमा बन्द गर्नुपर्छ ।

Olympicमा नयाँ खेल, डन्डीबियो पनि राखिनुपर्छ ।

कुस्ति जस्ता खेलहरुमा खुकुरी र पेस्तोलहरु उपयोग गर्न पाउनुपर्छ ।

यो सबै गर्दापनि जित्न सकिएन भने, “Olympic Committee मुर्दावाद, नेपाललाई Gold Medal दिनैपर्छ” भन्ने नारा सहित दर्जन जति Gold Medal नेपाललाई नदिए सम्म आन्दोन गर्नपाउनु पर्छ ।

तँपाईहरुसँग पनि नेताज्यूहरुले भन्नुभएका अरु परिवर्तन छन् भने Commentमा लेख्नुहोला ।

धन्यवाद, जय नेपाल

LEAVE A REPLY