भनिन्छ नि, मान्छेले जे देख्यो जे सुन्यो त्यो कुरामा विश्वास गरिहाल्न हुदैन भनेर । अझ त्यो पनि नेताहरुको  । नेपालको सभा भवनमा भारतको मोदिले दिएको गफ पनि त्यस्तै रुपमा लिनु पर्छ ।

नेपाल भ्रमणमा मोदिले नेपाली जनतालाई मख्ख पार्ने भाषण मात्र के दिएका थिए, नेपाली जनता अहिले मोदिको प्रशन्सा गर्न थाकेका छैनन् । कति त भन्दैछन्, नेपाली नेताहरुले मोदीबाट सिक्नुपर्छ । तर वास्तवमा कुनै पनि नेताको कुरा सुनेर वाहवाहि गर्नु मुर्खता हो । भाषणमा दुनिया गर्छु भन्ने तर गर्ने बेलामा paralysis भएको व्यवहार हाम्रा र हाम्रा छिमेकी देशहरुका नेताहरुको लागि सामान्य हो । यहि कुरा लेख्दै गर्दा नरेन्द्र मोदि फरक छन् भनेर केही हद सम्म भन्न मिलेता पनि, उनी आफ्नो देशको लागि सोच्ने र गर्ने नेता होलान्, अन्य देश जस्तै नेपाललै बिकास गर्ने तर्खरमा छन् भनेर सोच्नु अर्को मुर्खता हुन्छ ।

त्यसैले यो बुझ्न जरुरी छ कि मोदिको भाषण नेपाली जनताहरुलाई म तिमीहरुकै पक्षमा छु है भन्ने भान पार्नुथियो । यस्तो कुरा बटारेर साँचो वा झुठो भनेर भनिहाल्न नमिल्ने र सुन्नेहरुलाई मख्ख पार्न सक्ने मोदिको एउटा राम्रो कला हो । उनी भारतको प्रधानमन्त्री त्यसै भएका त होइनन् ।

त्यहि कलाको प्रयोग उनले भारतको विहार राज्यमा पनि गरेका थिए । हेर्नुस् उनको कला तलको भिडियोमा । २०१२मा दिएको यस भाषणमा उनले भगवान गौतम बुद्ध र देवी सिता विहारमा जन्मेको नभनिनै, त्यहि जन्मेको भनि बुझाए ।

अन्त्यमा, मोदिले घुमाउरो पारामा भगवान गौतम बुद्ध विहारमै जन्मेको कुरा गर्दा विहारीहरुले हर्षले ताली बजाउने कारण भने फरक छ । विहारमा अहिले भारत सरकारले नक्कली कपिलवस्तु बनाएको छ । नक्कली कपिलवस्तुको भिडियो तल हेर्नुहोस् ।

जय नेपाल ।

1 COMMENT

LEAVE A REPLY