Before writing anything. I do want to make it very clear that I have not yet got an opportunity to watch Highway. What I am writing here might sound अचम्मको to some, but crap to some. सबैको सोच कहाँ एउटै हुन्छ त नि । हाम्रो ६०१ सभासदहरुकै हेर्नुहोस् । Also want to add I am not related to Highway in any way except as a Nepali film audience, who is eagerly waiting to be screened here in US.

हो कुरा त्यहि अचम्मको Highway चलचित्रको हो । म एउटा नियमित social media प्रयोगकर्ता, www.kickstarter.com मा एउटा projectको रुपमा देखापरे देखि नै Highwayलाई follow गर्दै आइरहेछु । र honestly भन्नु पर्दा, पहिलो चोटि Highwayको kickstarter.comमा trailer हेर्दा, wow! यत्तिको नेपाली film पनि ! त्यो moment मेरो लागि साच्चै नै अचम्मको थियो । र लगभग एक वर्षपछि release भएको यो चलचित्र Highwayको हिजोआज कुराहरु पढ्दा, सुन्दा.. फेरि एकचोटी अचम्मको लागि राछ ।

अस्ति release भयो Highway. Release भएको कहि बेरमै social networkहरुमा भकाभक post र commentहरु देख्दा, कस्तो अचम्मको लाग्यो । यति छिटो हेरेर भ्याएर पनि comment गरिसके जस्तो पनि लाग्यो कता कता । अर्कातिर, केहि website सन्चालन गर्नेहरुले आफै सबैभन्दा ठूलो media हो भन्दै Highwayलाई जथाभावी लेखेको देखेर र अझ चलचित्रलाई अरुअरु कुराहरु तिर जोडेको देखेर अचम्मको लाग्यो, हाँसो पनि उठ्यो । आफ्नो घरमा बोलिने भाषा आफ्नो website र social mediaमा पनि ल्याएछन् जस्तो लागेर अचम्मको लाग्यो ।

फेरि साधारण दर्शकहरुको commentहरु देखे । कतिलाई झुर लागेछ, कतिलाई गजज्ब, ठिकै कसैलाई पनि लागेनछ, त्यो पनि अचम्म लाग्यो । कोहिले त पैसा फिर्तो मागेको देखेर अचम्म लाग्यो । कोहिले चै हेरेको १० घण्टा भयो, अझैसम्मपनि ति filmको characterहरु दिमागमा खेलिरहेका छन् भन्दा अचम्म लाग्यो । कोहि फेरि editing खत्तम भन्दै थिए त कोहि editing नै सबैभन्दा powerful. यस्तो सुन्दा झनै अचम्मको लाग्यो ।

अनि फेरि दर्शकहरुको प्रतिक्रिया videoमा हेर्ने chance मिलेजस्तो लाग्यो । Video हेर्दा co-called पत्रकारको तरिका र  दर्शकहरुको प्रतिक्रिया लिएको कि gateबाट निस्किदै गरेका दर्शकहरुतिर camera फर्काउदै “film कस्तो लाग्यो?” भनेर चिच्याउदै गरेको देखेर अचम्म लाग्यो ।

उता एक जमात भोलिसम्म पनि चल्ला र भन्नेहरु देखे भने यता फेरि Highwayको Facebook Pageमा Houseful र QFX का हलहरुमा showहरु बढेको देखे, फेरि अचम्मको लाग्यो ।

जे होस् film अचम्मको नै छ जस्तो छ । यसो सोच्दा, बिजुली नपुगेको गाँउमा, एउटा घरको आगनमा batteryबाट गाँउकै पहिलो TV ON गर्दा TVमा मान्छे देखिएको जस्तो अचम्म हो कि त ? कि विदेशीएको नातीनातीनीले webcam भएको computerमा “हजुरबा हजुरआमा भनेर हाँसिरहेको दखेको जस्तो अचम्मको हो ?

अब कस्तो अचम्मको हो, त्यो त Highway यहाँ चेलेर, हेरेपछि नै थाहा हुन्छ । तँपाईहरुको घरतिर चलेको छ भने जानुहोस्, एक चोटि हेर्नुहोस्, अनि मलाई पनि भन्नुहोस् है कस्तो रहेछ भनेर ।

जय नेपाल

LEAVE A REPLY